धनगढी। कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित एक युवक प्रहरी नियन्त्रणमा परेका छन्। धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अबैध सामानसहित डोटी शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद पक्राउ परेका हुन्।
१ लाख ५५ हजार मूल्य बराबरको सामानसहित साउँद बिहीवार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा ९ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामानसहित साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।
यस्तै धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अन्दाजी २४ हजार ४ सय १० मूल्य बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामान बरामद गरिएको छ। साथै धनगढी उपमहानगरपालिका-९ त्रिबेणी घाटबाट अन्दाजी ९० हजार मूल्य बराबरको पानी तान्ने मोटर बरामद गरिएको प्रवक्ता चन्दले जानकारी दिए।