कैलाली। उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन्। कैलाली र बैतडीका जिल्ला न्यायाधीशसहित ३९ जना न्यायाधीश उच्च अदालतमा नियुक्त भएका हुन्।
न्याय परिषदको आज बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो। न्याय परिषद्को बैठकले कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल र बैतडीका जिल्ला न्यायाधीश जयानन्द पनेरु उच्च अदालतमा नियुक्त भएका हुन्।
न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशहरु राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, खड्कबहादुर केसी,सूर्यनाथप्रकाश अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासैनी,भरत लम्साल र कृपासुर कार्कीलाई उच्चमा लागेको हो।
त्यस्तै, जिल्ला न्यायाधीशहरु हेमन्त रावल, विष्णुप्रसाद अर्याल, ध्रुवकुमार पिया, सूर्यप्रसाद पराजुली, कृष्णप्रसाद सुवेदी, दुर्गाप्रसाद ढुङ्गेल, तेजेन्द्रप्रसाद शर्मा, डिल्लीरत्न श्रेष्ठ, डण्डपाणि शर्मा, टीकाराम आचार्य, उमेश कोइराला, कृष्णमुरारी सिवाकोटी, विदुर कोइराला र नारायणप्रसाद सुवेदी पनि उच्चमा पुगेका छन्। अधिवक्ताबाट खेमराज भट्ट, अस्मिनकुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोल, सरला मोक्तान, नरेशकुमार चौधरी,कैलाश गुरुङ्ग, माधव धिताल रहेका छन्। त्यस्तै, सह–न्यायाधिवक्ताद्धय रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतका सह–रजिष्ट्रार नेत्रप्रकाश आचार्य, र कानुन मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी पनि उच्चमा पुगेका छन्। परिषद्ले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ।