कैलाली। धनगढी उपमहानगरपालिका–१ स्थीत एक पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिनगरमा रहेको सागर सम्शेर राणाको जय श्री चण्डिका ट्रेडर्स एन्ड सप्लायर्समा बिद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।