धनगढी। धनगढीमा ट्रक दुर्घटना भएको छ। आइतबार(हिजो) राती धनगढी उपमहानगरपालीका वडा नम्बर १२ जुगेडा र वडा नम्बर ७ नम्मर बीच सिमाना बालुवाटारमा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार उखु बोकेको ना ३ख ६५३९ नम्मरको माल वाहक ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो । अनियन्त्रित भई दुर्घटना भएको ट्रकका कारण एक बालीका घाईते भएकी छिन्। उनको पहिचान खुलेको छैन्। सामान्य घाईते भएकी बालीका उपचारपछि घर फर्किएकी छिन्। ड्राइभर भने सकुशल रहेको बताइएको छ। भने ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी चन्दले जानकारी दिएका छन् ।